काठमाण्डु– निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा बुधबार ३ जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।
स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्यांकीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए।
प्रहरीले जेसिबीको सहायताले सेप्टिक ट्यांकी फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो।
उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।




प्रतिक्रिया