६८ वर्षे वृद्धसँग विवाह गर्दै सेलेना गोमेज


एजेन्सी – गायिका एवं नायिका सेलेना गोमेजले आफु सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले आफ्नो पहिलो ‘कान्स फिल्म फेस्टिबल’मा उपस्थिती भएर घर फिर्ता भएपछि इन्टाग्राममार्फत् सो कुराको जनाकारी दिएकी हुन् ।

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव सेयर गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिँदै उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए । उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए ।

कतिपय सञ्चारमाध्यमहरुले सेलेनाले मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी बताएका छन । ६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement