जाजरकोट र रुकुम पश्चिममा सेनाको ४ वटा एयरक्राफ्ट


काठमाण्डु- जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाको टोली खटिएको छ । जसअनुसार दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागी सैनिक परिचालन गरिएको हो ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको छ । काठमाण्डुबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्री सहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ ।

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १३२ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement