जादा जादैं देउवा सरकारले गर्यो सेनामा व्यापक सरुवा–बढुवा (सुचीसहित)


काठमाडौं–नेपाली सेनामा उच्च सैनिक अधिकारीको सरुवा र बढुवा भएको छ । मन्त्रिपरिषद्को विहिवार दिउसो बसेको बैठकले नेपाली सेनाका दुई सहायकरथीको बढुवा गर्नुका साथै उपरथी र महासेनानीको सरूवा समेत गरेको छ ।

बैठकले हाल सुदुरपश्चिम पृतनाको कामु पृतनापति रहेका  सहायकरथी झंकरबहादुर कडायत र प्राविधिक सहायकरथी डा. शशि राईलाई उपरथीमा बढुवा गरेको छ ।

सेनाका पूर्व प्रवक्ता समेत रहेका कडायतलाई यसअघि नै पृतनापतिको जिम्मेवारी दिएको थियो । प्राविधिक उपरथी राईलाई स्वास्थ्य महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ । सेनाको विकास निर्माण महानिर्देशनालयमा कार्यरत प्राविधिक महासेनानी इन्जिनियर रामधर सिंहलाई विहिवारको बैठकले सहायरथीमा बढुवा गरेको छ ।

त्यसैगरी हाल व्यवस्था तथा निति महानिर्देशनालयमा रहेका उपरथी शरद गिरीलाई युद्धकार्य तथा व्यवस्था महानिर्देशनालय (डिजिएमओ)मा सरुवा गरिएको छ । सेनामा अपरेशन र बन्दोवस्तीको सम्पुर्ण जिम्मा युद्धकार्य महानिर्देशनालयले हेर्ने भएकाले यसलाई महत्वपुर्ण विभाग मानिन्छ ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार बैठकले सेनाका महासेनानी प्रदीपजंग केसीसहित १४ जना महासेनानीको सरुवा गरेको छ । बैठकले सेनाको ११ वाहिनीमा कार्यरत पाइलट महासेनानी आशिष नरसिंह राणा र सुवर्ण विष्टको पदावधि समेत थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement