सेनामा एकै पटक ४७ प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारीस (सुचीसहित)


काठमाडौं– नेपाली सेनामा ४७ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन् । सेनाको बढुवा समितीले गरेको सिफारीसलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले गत चैत २५ मा बढुवा सदर गरेका छन् । सेनाले सिफारीस गरेको बढुवामा ३६ बेसिकका प्रमुख सेनानीहरुलाई महासेनानीको बढुवामा २९ बेसिकका भन्दा अघि बढुवा सिफारीस गरिएको छ ।

सेनाले ल्याएको फाष्ट ट्रयाकअनुसार अति योग्य समुहबाट ३६ बेसिकका पदम बुढा,माधव थापा र रन्जित थापाले २९ बेसिकका प्रमुख सेनालाई उछिनेका छन् । अतियोग्य समुहमा सानुकाजी थापा,शक्तिजंग बस्नेत,महेश कुमार थापा,पुर्ण बहादुर खत्री,भुवनपुर्ण सत्याल र द्रव्यराम भण्डारी बढुवा सिफारीस भएका छन् ।

सेनाले पदोन्नतीका लागी सिफारीस भएका उम्मेदवारहरुलाई २०७५ सालभित्र रिक्त हुन आउने पदअनुसार नियमावलीको ३८ नियमअनुसारको मर्यादाक्रमबमोजिम सोही समुहमा बढुवाको लागी सिफारीस गर्दै लगिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement