चट्याङ लागेर घाईते सैनिक जवानलाई काठमाडौं ल्याईयो (फोटो फिचरसहित)


वैतडी– चट्याङ लागेर नेपाली सेनाका २२ जना जना जवान घाईते भएका छन् । मंगलवार सांझ परेको चट्याङका कारण वैतडीमा रहेको सेनाको शत्रुमर्दन गुल्मका क्याप्टेन नरेश अर्यालसहित २२ जना जवान घाईते भएका हुन ।

घाईतेमध्ये ५ जनाको अवस्था गम्भिर छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनिहरुलाई काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ ।

सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सुदिप बानियाका अनुसार गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन् । अन्य घाईतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement