चिनियां राष्ट्रपतिलाई सेनाको हेलिकोप्टरले यसरी गरेको थियो सुरक्षा गस्ती


काठमाडौं– नेपाली सेनाले हवाई गस्ती सम्पन्न गरेको छ । चिनियां राष्ट्रपति सी चिनफिङ चढेको विशेष विमान भारतको चेन्नईबाट काठमाडौं आउनै लाग्दा सेनाले हवाई गस्ती गरेको थियो । सेनाको एनए ०५४ कल साइन भएको हेलिकोप्टरले हवाई गस्ती गरेको हो । सैनिक हेलिकोप्टरले विमानस्थलदेखी होटल सोल्टीसम्म हवाई गस्ती गरेको सैनिक स्रोतले जानकारी दियो ।

राष्ट्रपति सी चढेको विमान शनिवार अपराह्न ४ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सेनाले राष्ट्रपति सीको सुरक्षाको कमाण्ड सम्हालेको थियो ।

विमानस्थलमा राष्ट्रपति शीलाई नेपाली सेनाले २१ तोपको सलामी दिनुको साथै गार्ड अफ अनर समेत दिएको थियो । राष्ट्रपति शीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement