नेपाली सेनाका जवानद्धारा बुहारी बलात्कार


डोटी – नेपाली सेनामा कार्यरत एक सैनिक जवान पक्राउ परेका छन् ।

छोरालाई पिसाब गराउन बिहीबार राति घरबाहिर निस्केकी आफ्नै भाईबुहारीलाई डोटीको सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले पीडितको उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको जानकारी दिए । यद्यपि विष्टले अभियोग अस्वीकार गरेका छन् ।

आफूले बुहारीलाई जिस्काएको भए पनि बलात्कार भने नगरेको दाबी उनको छ । नेपाली सेनामा कार्यरत विष्टको हालकोे दरबन्दी हेटौंडास्थित सुपारीटार व्यारेकमा छ । बिदामा घर गएका विष्टले मदिरा सेवन गरेर बुहारीमाथि जाइलागेको आरोप पीडित पक्षको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement