सेनाको ब्यारेकभित्रको जग्गा व्यक्तिका नाममा किनबेच

सेनाको ब्यारेकभित्रको जग्गा व्यक्तिका नाममा किनबेच

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले भोगाधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा व्यक्तिका नाममा किनबेच भएको छ। सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। उक्त जग्गा सेनाले २०४५ सालमा अधिग्रहण गरेको थियो।

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण सेलाउन नपाउँदै सेनाकै ब्यारेकभित्रको जग्गामाथि भूमाफियाको आँखा परेको घटना सार्वजनिक भएको हो। भक्तपुरमा मात्र होइन, बैतडी लगायत जिल्लामा समेत नेपाली सेनाको स्वामित्वमा रहेको जग्गा कब्जा भएको छ। सेनाको जग्गा व्यक्तिले किनेको विषयमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बोल्न चाहेनन्।

भक्तपुर सूर्यविनायक नगरपालिका—६ ९तत्कालीन कटुन्जे—८, ख० स्थित सूर्यविनायक ब्यारेकले भोगचलन गर्दै आएको जग्गा २०४४ साउन ७ गते तत्कालीन श्री ५ को सरकारको निर्णयबमोजिम अधिग्रहणको प्रक्रिया अघि बढाइएको थियो। नेपाली सेनाले अधिग्रहण गरेको तीन कित्ता जग्गा किनबेच भएको छ। सुरुमा आफ्नै जग्गा किनबेच भएको सेनाले पत्तोसमेत पाएन। यो घटनाले मुलुकभरको सेनाकै जग्गासमेत असुरक्षित बनेका छन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।