सेनाको पुर्वी पृतनामा दुई जना सैनिक जवानको मृत्यु


मोरङ – नेपाली सेनाका दुई जना जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वी पृतना हेडक्वाटरअन्र्तगतको सबुज गणमा कार्यरत सेनाका दुई जवान गण परिसरभित्रै अचेत अवस्थामा भेटिएपछि उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरत बिक र दोलख जंग रहेका छन् । उनिहरु दुबै जनालाई सेनाको फिल्ड अस्पतालमा उपचारको लागी भर्ना गरिएपनि त्यहा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सैनिक जवान अचेत अवस्थामा भेटिएको र उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताए । सहायकरथी भण्डारीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement