काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले पदावधी सम्हालेको दिनमै सेनामा शुद्धीकरणको सुरुवात गरेका छन् ।
प्रधानसेनापति सिग्देलले आर्थिक अनियमितताको आरोप लागेका विकास महानिर्देशनालयका प्रमुख सहायकरथी विकाश पोखरेलको म्याद थप नगरेका निकट स्रोतले जानकारी दियो । सेनामा म्याद थपका लागि प्रधानसेनापतिले सिफारिस गर्ने गर्छन् ।तर, फास्ट ट्रयाकलगायतका विकास निर्माण गर्ने महानिर्देशनालयको नेतृत्वमा रहेका सहायकरथी पोखरेलको काम सन्तोषजनक नभएको, आर्थिक अनियमिताता गरेको लगायतका आरोपमा उनले पदावधी थपका लागि सिफारिस नगरेका हुन् ।
उनको पदावधी अझै तीन वर्ष बाँकी थियो । म्याद थप नभएपछि पोख्रेल बिदामा बसेको पनि सैनिक स्रोतले जानकारी दियो । कार्यकाल सम्हाल्दावित्तिकै शुद्धिकरणको सुरुवात गरेपछि सेनामा अब राम्रो संकेत सुरु हुने छाटकाट देखिएको उच्च अधिकारीहरू बताउँछन् ।
प्रधानसेनापति प्रभुराम शर्मा अनिवार्य अवकाशमा गएपछि सिग्देलले सोमबार मात्रै आफ्नो कार्यभार सम्हालेका थिए ।
प्रतिक्रिया