काठमाण्डु – वरिष्ठ अधिवक्ता सविता भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेर बदनियत राखेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आइतबार देउवालगायतका निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता भण्डारीले देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै राष्ट्रपति भण्डारीले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त नगरेको जिकिर गरेकी हुन् ।
संवैधानिक इजलासमा उनले यस्तो जिकिर गरेकी हुन् । ‘राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ । १४९ जनाको हस्ताक्षर सहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपथ्र्यो,’ उनले भनिन् ।
रिट निवेदन लिएर पनि १४६ जना आएको हुनाले उनीसँग विश्वासको मत लिन सक्ने आधार देखिने भण्डारीको जिकिर छ । ‘




प्रतिक्रिया