कतारमा पक्राउ परेका ‘सिरियल किलर’ हुसेनलाई नेपाल ल्याइयो


काठमाडौँ- सातजनाको हत्या गरेको आरोप लागेका ‘सिरियल किलर’ मोहम्मद सकिल हुसेनलाई नेपाल प्रहरीले कतारबाट आज नेपाल ल्याएको छ।

सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा उनीमाथि सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको थियो ।

हुसेन फरार भइ बैदेशिक रोजगारको लागि कतार पुगेका थिए ।

अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयमा सकिल हुसेनको नाम दर्ता थियो । नेपाल प्रहरीको अनुरोधमा सकिल हुसेनलाई सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।

उनलाई केही दिन अगाडि प्रहरीले कतारमा पक्राउ परेका थिए । प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार आइतवार हुसेनलाई नेपाल ल्याइएको छ ।

हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement