शेष घले दम्पति अस्ट्रेलियाको अर्बपति सूचीमा पर्न सफल 


काठमाडौं – नेपाली मुलका व्यवसायी शेष घले र जमुना गुरुङ अस्ट्रेलियाको अर्बपति सूचीमा पर्न सफल भएका छन् । घलेदम्पती पछिल्लोपटक सार्वजनिक २ सय ५० धनी अस्ट्रेलियालीमध्ये परेका ९६ जना अर्बपतिको  सूचीमा पर्न सफल भएका हुने । अस्ट्रेलियन फाइनान्सियल रिभ्युका अनुसार उनिहरु छोटो समयमा धेरै व्यावसायिक प्रगति गर्न सफल भएका हुन् ।

घले दम्पती पहिलोपटक अस्ट्रेलियन डलर अर्बपतिको सुचीमा परेका हुन् ।  उनीहरुको कुल सम्पत्ति १.१० बिलियन अस्ट्रेलियन डलर रहेको छ । उनिहरुको सम्पनी करिब ८६ अर्ब रुपैया वरावर हो । यसअघि उनीहरुको सम्पत्ति ८ सय ७६ मिलियन अस्ट्रेलियन डलर रहेको थियो । 

नेपालको लमजुङमा जन्मिएका घले अध्ययनको सिलसिलामा सन् १९९० को मध्यतिर अस्ट्रेलिया पुगेका थिए। त्यसको ६ वर्षमै उनीहरुले मेलबर्नमा मेनबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्थापना गरेका थिए। यो इन्स्टिच्युटमा हाल २५ सय विद्यार्थी रहेको अस्ट्रेलियन पत्रिकाले उल्लेख गरेको छ।

घले दम्पतीले अस्ट्रेलियामा मात्र नभई नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । काठमाडौंमा शेराटन होटल बनाइरहेका छन् । घले दम्पती कल्याणकारी काममा समेत सक्रिय रहेको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement