स्थानीय सरकारलाई चुनौति दिदै खड्काले गरे सेती नदीमा काठेपुलको निर्माण


उत्तम थापा

बझाङ – सरकारले सेती नदीमा पुल हाल्न चासो नदेखाए पछि बझाङको खप्तड छान्ना गाउपालिकाका स्थानिय बासीहरुले सेती नदीमा काठको पुल निर्माण गरि सेती पारी पहिलो पटक २०७२ पुष महिनामा पुल सञ्चालनमा ल्याएका थिए ।

सुदुर पश्चिम प्रदेशमै पहिलो पटक छान्ना बासीहरुले सेती नदीमा पुल निर्माण गरि सञ्चालनमा ल्याएपछि छान्ना क्षेत्रको सेती लोकमार्ग अन्तर्गतको अठार किलो मिटर सड्कमा बस र जीप गुडेका थिए ।  तर तिन महिना नबित्दै सैपाल हिमालमा हिउ पग्लेर सेती नदीमा पानीको सतह बढेसंगै काठे पुल बगाएको थियो ।  २०७३ पुषमा छान्ना यूवा सन्जालका अध्यक्ष सिद्धराज खड्काले ब्यक्तिगत लगानी र केही स्थानियको जनसहभागिताबाट सेती नदीमा पुल निर्माण गरी पहिलो पटक सेती पारी बस सेवा सन्चालन गरे पछि त्यस क्षेत्रमा उत्साह छाएको थियो ।

छान्ना क्षेत्रका प्रत्येक परिवारका प्रतिसदस्यबाट एक लिटर तेल अभियान सन्चालन गरि र्निमाण सुरु गरेको तमैल – थामलेख सडक खण्डको बाजुरा जिल्लाको सिमाबर्ती गडराय गाबिस सम्म गाडी गुडे पछि स्थानियबासीले बाजागाजा सहित सिद्धराज खड्कालाई भब्य स्वागत गरेका थिए । सुदुरपञ्चिम प्रदेशको हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग हुँदै पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्ज जाने सेती नदिमा अहिले गाडि जाने कुनै माध्यम नै छैन् । पहिला मेरो पहलमा काठे पुलको निर्माण गरेको थिए । तमैलका जीप छान्नामा तरायौं,तर विडम्बना कस्तो,भने बर्खा लागेपछि सेती नदीले पुल बगाईदियो ।खड्काले भने, ।

बिगतका दिनहरुमा सेती नदिमा काठेपुल हुँदै सेतिनदिवाट खप्तड छान्नाको यात्रा गरिन्थ्यो , स्थानीय तह बनेपछि खप्तड छान्ना गाउँपालिका बन्यो सेती नदिमा अवत : पुल बन्छकी भन्ने खप्तड छान्ना बासिमा ठुलो राहात महसुस भएको थियो तर त्यो हुन सकेन् । सिद्धराज खड्काले भने, दिनहुं देश तथा बिदेशबाट दाजुभाइ दिदी बहिनीहरु स्वदेश फर्किन्छन् । तर छान्ना जाने क्रममा महङ्गो भाडादर तिर्दै मर्कामा परिराखेका छन् । यो समस्याको समाधान गर्न स्थानीय युवा  खड्का यतिखेर खप्तड छान्ना बासिको समस्या समाधानका लागि सेती नदिमा काठेपुलको निर्माण गर्न लागिपरेका छन ।

 तमैल खप्तड छान्ना गाउँपालिका जोड्ने काठेपुल निर्माण कार्यमा लागेको खड्काले बताए सेती नदि काठेपुल निर्माण हुदा खप्तड छान्ना बासिन्दाले ठुलो सेवासुबिधा पाउने छन् । सेती नदिमा अहिले करिव १० लाख बराबरको खर्चमा काठेपुलको निर्माण हुदैछ । समाजसेवी सिद्धराज खड्का सदैव जनताको सेवामा लागिपरेका छन । उनले भने, सेती नदीमा पुल नहुँदा काठे पुलको सहारामा छान्ना तर्फ गएका मालबाहक ट्रक र यात्रुबाहक बस र जीप अहिले बाजुरा डोटी भएर खोपडे बझाड सडकको बाटो हुंदै सदरमुकाम आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement