यी हुन् राष्ट्रिय पार्टी भएका ७ दल


काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको हो । हालसम्म निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

यता समानुपातिक तर्फपनि झन्डै एक करोड सात लाख मतगपणना भएको आयोगले जनाएको छ । समानुपातिकमा जसअनुसार सुरुदेखि नै अग्र स्थानमा रहेको नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मत पाएको छ । त्यस्तै नेपाल कांग्रेसले २६ लाख ४४ हजार २४१ मत ल्याउँदै दोस्रो स्थान कायम राखेको छ भने तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ पाएको हो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत ल्याउँदै चौथो स्थान कायम राखेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५ लाख ८५ हजार ९२१ मत पाएर पाँचौ स्थान बनाएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बन्न सफल भएको छ ।

कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र सिके रावत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

यता नेकपा एकीकृत समाजवादीले भने थ्रेसहोल्ड कटाइ सकेको छैन् । नेकपा एसले हालसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा एसले थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत ल्याउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement