सेवा लम्सालको नाम सचिव बढुवाका लागि सिफारिस

सेवा लम्सालको नाम सचिव बढुवाका लागि सिफारिस


काठमाण्डु-   परराष्ट्र सचिवमा सहसचिव सेवा लम्सालको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सचिव पदका लागि लम्सालको नाम सिफारिस गरेको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गत मङ्गलवार उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । उनले अवकास पाएसंगै सहसचिव लम्सालको एकल सिफारिस भएको हो । यससंगै उनि पहिलो परराष्ट्रसचिव बन्ने निश्चित भएको छ ।

लम्साल अहिले मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा छिन् । उनि यसअघि पाकिस्तानको राजदूत बनेकी थिईन् ।सचिव पौड्यालको अवकाशसँगै लम्साल कायममुकायम सचिवको जिम्मेवारीमा थिइन् ।