शेखर कोइरालाको प्रश्न- कांग्रेसले अराजक बन्दैँ जाने प्रधानमन्त्रीलाई किन मान्ने ?


काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सच्चिन नसक्ने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छोड्नु पर्ने बताएका हुन् ।

उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्रीले कसलाई धम्की दिएको भनि प्रश्न समेत गरे । कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री यस्तो अराजक बनेपछि उनलाई किन मान्ने भन्ने प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement