टाउको छुट्टिएको अवस्थामा ५० वर्षीय पुरूषकाे शव फेला

टाउको छुट्टिएको अवस्थामा ५० वर्षीय पुरूषकाे शव फेला


विराटनगर–सुनसरीकाे गढी गाउँपालिका वडा नम्बर २ थलाहा टोलमा एक जना पुरूषको हत्या भएको छ ।

गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।