शाहरुखको पूरा नभएको सपना


काठमाण्डु –  ‘रोमान्स किङ’को उपनामले बलिउडमा परिचित शाहरुख खानले एक फिल्म फेस्टिभलमा सम्बोधन गर्ने क्रममा आफूले अहिलेसम्म नेसनल अवार्ड प्राप्त गर्न नसकेको बताएका छन् ।

उनले आफ्नो जीवनमा निर्देशकहरूसँग यही एउटा गुनासो रहेको समेत खुलाए । उनले भने, ‘मलाई नेसनल अवार्ड विनर बन्ने फिल्म नै आएनन् वा मलाई त्यस्तो भूमिकामा अप्रोच गरिएन ।’ तर, उनले यसका पछाडि आफ्नै कारण रहेको बताए । उनले आफूलाई हेरेर निर्माता तथा निर्देशकले फिल्म अफर गर्ने भएकाले पनि यस्तो भएको स्वीकारे ।

‘मैले ७१ वटाभन्दा बढी फिल्ममा काम गरिसकेको छु तर मैले स्वदेश भन्ने फिल्म मात्र अलिक फरक गरेको थिएँ’, शाहरुखले सम्बोधन गर्दै आफ्नो कुरा राखे । उनले आफुलाई अवार्डमा होस्ट, गेस्ट र डान्सरको रूपमा मात्र बोलाइने गरेको समेत जनाए ।

शाहरुख पछिल्लो समय फिल्म ‘पठान’का कारण चर्चामा छन् । अनान्द एल राय निर्देशित ुजिरोु पनि फ्लप भएपछि शाहरुखले धेरै समय ब्रेक लिए । आउँदो वर्ष उनी साउथ इन्डियन फिल्म निर्देशक इटलीको फिल्ममा पनि देखापर्नेछन् । हेरौँ, शाहरुखको सपनालाई आउँदो फिल्मले पूरा गर्छ या उनले अन्य फिल्म गर्छन् ?

प्रतिक्रिया दिनुहोस
Advertisement