गणतन्त्र र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार छ:कोइराला


काठमाडौं – काँग्रेस महामन्त्री सशांक कोइरालाले आफ्नो दल राजतन्त्र पुनस्र्थापनाबारे समेत जनमतसंग्रह गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।

कोइरालाले जनतालाई राजतन्त्र वा गणतन्त्र भन्ने रोज्न जनमत संग्रहमार्फत अधिकार दिइनुपर्ने बताए । गणतन्त्रसँगै संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने उनको भनाइ थियो ।

‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रबारे जनमत संग्रह गर्न सकिन्छ’, होलीका अवसरमा राजधानीको टोखास्थित आफ्नै निवासमा शुभकामना आदान–प्रदान गरेका कोइरालाले भने, ‘त्यसका लागि काँग्रेस तयार छ ।’

 

लामो समयदेखि हिन्दू धर्मको वकालत गर्दै आएका कोइरालाले राजतन्त्रप्रति पनि सकारात्मक धारणा बाहिर ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement