‘कबिर सिंह’ले मोडियो साहिदको करियर, पारिश्रमिक ४० करोड


एजेन्सी – चलचित्र ‘कबिर सिंह’ले अभिनेता शाहिद कपुरको करियर मोडिदिएको छ ।
‘कबिर सिंह’ले भारतिय बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको स्टारडमको साथै पारिश्रमिक पनि बढेको छ ।

सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको चलचित्र ‘कविर सिंह’ले अहिलेसम्म २ सय ७५ करोड माथिको व्यापार गरिसकेको छ ।

शाहिदलाई धेरै फिल्मको अफर आउन थालेको छ । उनलाई हालै हिट तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा अफर गरिएको छ । साहिदले यो चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने विषयमा केही बोलेका छैनन् । यो चलचित्रमा काम गर्नको लागि साहिदले ४० करोडको माग गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एउटा चलचित्र सुपरहिट हुँदा कलाकारको करिअर र पारिश्रमिक कसरी उचाइमा जान्छ भन्ने यो एउटा उदाहरण पनि हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement