आगामी आर्थिक वर्षभित्र हजार मेघावाट विद्युत् उत्पादन थप्छौं : मन्त्री बस्नेत


काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षभित्र हजार मेघावाट विद्युत् उत्पादन थप गर्ने बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री बस्नेतले २०८१/०८२ भित्र १ हजार मेघावाट विद्युत् उत्पादन थप गर्ने बताए ।

मन्त्रालयसँग आगामी १२ वर्षभित्र २८ हजार मेघावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको उनले बताए ।

आगामी १२ वर्षभित्र कुन वर्षमा कति मेघावाट विद्युत् कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडि बढेको उनले बताए । त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उनले बताए ।

मन्त्री बस्नेतले २ वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्यसाथ काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement