पश्चिम रुकुम घटनामा राजनीतिकरण गर्ने प्रयास नगरौंः मन्त्री बस्नेत


काठमाडौं – वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले पश्चिम रुकुम घटनामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या हुने गरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

‘अपराध अपराध नै हो । अपराधलाई राजनीतिकरण गर्ने प्रयास कसैले नगरौं । दोषीलाई कारबाही गर्ने र पीडित परिवारजनलाई न्याय दिलाउने कुरा सबैको जिम्मेवारी हो’, उनले भनेका छन्, ‘आ–आफ्नो ठाउँबाट अनुसन्धान प्रक्रियामा सहयोग गरौं । अमुक नेता विशेषको विरोधमा अनावश्यक गतिविधि नगरौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement