कर्णालीलाई जडिबुटीको हब बनाएर युवालाई रोजगारी दिन्छौं : वनमन्त्री बस्नेत


काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कर्णाली प्रदेशलाई जडिबुटीको हबका रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताएका छन्।

मन्त्री बस्नेतले कर्णालीका जिल्लाहरुमा जडिबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जनागरिने उल्लेख गरे।

‘कर्णाली प्रदेश जडिबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो,’ कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको सामूहिक भेटमा मन्त्री बस्नेतले भने, ‘कामका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यतामा रहेका युवाहरुलाई जडिबुटीको विकासमार्फत रोजगारी दिन सकिन्छ।’

आगामी आर्थिक वर्षको बजेटमा जडिबुटीको नसर्री र प्रशोधन केन्द्र स्थापनाकालागि बजेट व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।
कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोसहित बहुमूल्य जडिबुटी खेती गर्न सकिने र त्यसका लागि मन्त्रालयले टोली नै खटाएर अध्ययन गरिरहेको उनको भनाइ थियो।

यस्तै रारा क्षेत्रलाई आधार बनाएर पर्यटन पूर्वधार निर्माण गर्ने, कर्णालीका हरेक वडामा एक उपस्वास्थ्यचौकी, गाउँपालिकामाप्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिने पनि उनले बताए।

प्रत्येक निर्वाचन क्षेत्रमा एक आवाशीयविद्यालयनिर्माण गर्ने योजना सरकारले बनाएको चर्चा मन्त्री बस्नेतले गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement