ओलीले सदनलाई ‘सो पिस’ बनाए, संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका छौंः शक्ति बस्नेत

ओलीले सदनलाई ‘सो पिस’ बनाए, संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका छौंः शक्ति बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादीले संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेको बताएको छ । नेकपा माओवादीका सांसद शक्ति बस्नेतले सरकारले फेरी पनि संसद विघटन गर्ने षडयन्त्र गरेको भन्दै संसद विघटन हुन नदिन सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो सरकारका अलोकतान्त्रिक कदमको साक्षी बस्न समर्थन कायम नगरेको दाबी गरे । ‘संसदको रक्षा गर्नका लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राखेको हो । तपाइलाई भ्रम नपरोस् । हामी अलोकतान्त्रिक गतिविधिका साक्षी बसिराखेका छैनौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संसदलाई ‘सो पिस’ बनाएको आरोप लगाउँदै सांसद बस्नेतले मुलुकलाई अर्कै प्रणालीबाट सञ्चालन गर्न खोजेको उल्लेख गरे । नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) ले सरकारलाई दिएको समर्थन कायमै राखेर प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नु माओवादीको दोधारे चरित्र भएको आरोप लगाइरहेका बेला माओवादी केन्द्रले भने संसदको रक्षाका लागि सरकारलाई समर्थन कायम गर्नुपरेको तर्क गरेको हो ।