माओवादीबाट शक्ति बस्नेत उर्जामन्त्री बन्दै


काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्ने भएका छन् । बस्नेतले शुक्रवार उर्जामन्त्रीको रुपमा सपथ लिन लागेका हुन् ।

नयां मन्त्रीहरुले आज दिउँसो ३ बजे शपथ लिने तयारी छ । बस्नेत यसअघि गृह,वन र स्वास्थ्यमन्त्री भएका थिए । उनि गृहमा जान इच्छुक थिए ।

तर, माओवादी उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री नपाए राजीनामा दिने अडान राखेपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो।

माओवादीमा बस्नेतलाई नै गृहमा पठाउन प्रधानमन्त्री दाहाललाई दबाव थियो । तर, श्रेष्ठले गृहमा अडान नछोडेपछि बस्नेतलाई उर्जामा लग्न लागिएको हो ।

बस्नेत लगातार तीन पटक संसदीय निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका नेता हुन् । माओवादी जनयुद्धमा कर्णाली, थारुवान, भेरी जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गरेका वस्नेत माओवादीभित्र अध्यक्ष दाहालका विश्वासिला नेताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement