विस्तृत शान्ति सम्झौताले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जायो : शक्ति बस्नेत


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट विस्तृत शान्ति सम्झौताको भावना, संवैधानिक व्यवस्था र मर्मविपरीत भएको प्रतिक्रिया जनाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको ९ दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले अदालतको नियमित फौजदारी न्याय निरुपणको प्रक्रियाबाट समाधान खोज्नु व्यवहारिक र विषयगत हिसाबले विस्तृत शान्ति सम्झौता र संविधानको भावनाविपरीत रहेको बताएका हुन् ।

दाहालविरुद्धको रिटले विस्तृत शान्ति सम्झौताले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जाएको समेत बताए ।

उनले यो विषय शान्तिप्रक्रियासँग सम्बन्धित भएकाले संक्रमणकालीन न्यायको विधि, प्रक्रियाअनुसार विस्तृत शान्ति सम्झौताको भावना र संवैधानिक व्यवस्था र मर्मअनुसार नै मिलाउनु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement