माओवादीबाट गृहमा शक्ति वस्नेत निश्चित,अर्थमन्त्री बन्न कांग्रेसमा महत र खड्काबीच हानाथाप


काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्तारुढ दल मन्त्रिमण्डलको भागबण्डामा अल्झिएको भन्दै आलोचना भएपछि दाहालले सोमबार मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

उनले नेपाली कांग्रेस,जनता समाजवादी पार्टी र एकिकृत समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । माओवादी केन्द्रको शनिवार बसेको पदाधिकारी बैठकले मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको थियो ।

माओवादीबाट एक जना थपिनेमा पार्टी उपमहासचिव शक्ति बस्नेत मन्त्री बन्ने लगभग पक्कापक्की छ । उनले गृहमन्त्रालय सम्हाल्ने निश्चित भएको माओवादी स्रोत बताउंछ । हाल भौतिकमन्त्री रहेका नेता नारायणकाजी श्रेष्ठले पनि गृहमन्त्रालय ताकेका छन् । तर, उनलाई गृह नदिन माओवादीभित्र दबाव छ ।

बस्नेत यसअघि पनि गृहमन्त्री भइसकेका छन् । उनले कांग्रेस र माओवादीबीचको समिकरण बनाउन महत्वपूर्ण भुमिका खेलेकाले प्रधानमन्त्री दाहाल उनलाई महत्वपूर्ण जिम्मेवारी दिनेमा छन् ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारी छ । तर, खड्कालाई रोक्न कांग्रेसभित्रै ठुलो समुह सक्रिय छ । उनी गृह वा अर्थमा जान इच्छुक छन् । तर, सभापति शेरबहादुर देउवा भने नेता प्रकाशशरण महतलाई अर्थमा पठाउने तयारीमा छन् । प्रधानमन्त्री दाहाल भने खड्कालाई सरकारमा ल्याउने कोशिसमा छन् ।

माओवादीबाट वस्नेत अर्थमा जान इच्छुक छन् भने गृहमा जान खड्का इच्छुक देखिएका छन् । दुवै जनाको मन्त्रालय हेरफेर हुन सक्ने सम्भावना समेत रहेको स्रोत बताउंछ ।

कांग्रेसबाट एनपी साउंद, मोहन बस्नेत,उदय राणा, धनराज गुरुङ,बद्री पाण्डे, सिता गुरुङ, दिपक गिरीलगायत मन्त्री बन्दैछन् । यता जसपाबाट प्रदिप यादव र राजकिशोर यादव,समाजवादीबाट किसान श्रेष्ठ, भानु जोशी र प्रकाश ज्वाला मन्त्री बन्नेमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement