महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्वजनिक

महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्वजनिक भएको छ ।

भगवान् महादेवका यिनै महत्त्व र विशेषता सहितको श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको हो ।

भजनमा संगीत र स्वर बबिना भट्टराईले दिएकी छन् । भजनमा शिव महिमाका शब्दहरू दिनेश खनालले लेखेका छन् । महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्टराईको आध्यात्मिक यूट्युब च्यानल श्री भजन्स्मार्फत सार्वजनिक भएको भजनमा रुविन कुमार श्रेष्ठको ऐरेन्ज रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

शिव भजन जय जय शम्भुको भिडियोमा गायिका तथा संगीतकार बबिना आफैं फिचर्ड छिन् ।