वरिष्ठ अधिवक्ता थापाको टिप्पणीः ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ


काठमाण्डु – संसद विघटन विरुद्धको मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

आजको सुनुवाईमा बहस गर्दै वरिष्ठ अधिवक्ता सम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली, सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँग अलग्गै संविधान भएको टिप्पणी गरेका छन् । संसद विघटनको विषयलाई लिएर ओली, नेम्वाङ र खरेलले दिने गरेका सार्वजनिक अभिव्यक्तिलाई लिएर थापाले सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ को संसद विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन् भने संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा राखेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उनले भने, ‘मैले नयाँ कुरा गर्दिनँ, यत्रो मित्रहरूले गरिसक्नुभयो । श्रीमानहरूबाट संविधान पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो,’ उनले भने, ‘तर प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’

सुनुवाइका क्रममा थापाले संसद विघटन के हो ? कस्तो अवस्थामा संसद विघटन हुन्छ ? र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement