एमालेले समृद्धिको यात्रा पूरा गर्न सक्छ : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाए । सरकारका कारण नै मुलुकको अर्थतन्त्र संकटतर्फ धकेलिएको उनले बताए ।

हालैका दिनमा देशमा मूल्यवृद्धि आकाशिएको भए पनि सरकारले महंगी नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप छ ।

महासचिव पोखरेलले मुलुकमा एमालेले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा हुने बताए ।

महासचिव पोखरेलले एमालेका सबै कमिटी र संगठनले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाई समृद्धि र विकासको यात्रालाई पूरा गर्ने बाटोमा लाग्नुपर्ने आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement