एमालेको भोलिको कार्यक्रमले विशिष्ट छाप छाड्नेछ : महासचिव पोखरेल

एमालेको भोलिको कार्यक्रमले विशिष्ट छाप छाड्नेछ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताएका छन् ।

ललितपुरको च्यासस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रूपमा हुँदैछ भन्ने थालनी आफूहरूले बिहीबारको गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए ।

‘संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौं,’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रूपमा हाम्रो पार्टीले महसूस गर्‍यौ र त्यसैअनुरूप हाम्रो पार्टीले जेठ १५ गतेलाई गणतन्त्र उत्सवमा मनाउने निर्णय गरौं र तयारीमा जुटेका छौं ।’

महासचिव पोखरेलले सांस्कृतिक झाकीसहित उत्सवको रूपमा दिवस मनाइने बताए । ‘हाम्रो देश भाषिक जातीय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाई जनउत्सवको रूपमा मनाउने भएकाले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौं,’ उनले भने, ‘हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभूषा, बाजाजागा, सांस्कृतिक झाँकीसहित हुनेछ । यसले एउटा विशिष्ट छाप छाड्नेछ ।’

महासचिव पोखरेलले मुलुकको सबै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकाले अबको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताए ।

उनले एमाले मात्र होइन, सबै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रूपमा मनाउन हातेमालो गर्न आग्रह गरेका छन् ।