काठमाण्डु – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने बताएका छन् ।
प्रेस चौतारी दाङले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने बताएका गरेका हुन् । सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनको भनाइ छ ।
सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलले बताए ।
‘दुई दलबिच असमझदारी हुँदासम्म सरकार ढल्दैन’, उनले भने, ‘असमझदारी नभए पछि कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’
सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभई सामूहिक नीतिका आधारमा चलाइने बताए ।
प्रतिक्रिया