काठमाण्डु–एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गरेपछि भ्रमका पर्दा उघ्रिँदै गएको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत पोखरेलले रवि र बालेनको हातमा सत्ताको बागडोर नपुगुञ्जेल अनेकौं भ्रम र सपनाहरुको खेती तीव्र भएकामा अहिले आएर जनताले यथार्थ बुझ्ने मौका पाएको बताए ।
त्यसलाई नकरात्मकताभित्रको सकारात्मकताको संज्ञा उनले दिए ।
‘बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौं भ्रमु र सपनाहरूको खेती तीव्र थियो,’ पोखरेलले लेखेका छन्, ‘तर, उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ ।’
लोकप्रियतावादको वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया