प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त


बुटवल– एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनी एमाले, माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख उमाकान्त झाले बुधबार पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त गरे।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।

प्रदेश ५ को प्रदेशसभामा कूल ८७ सदस्य रहेका छन्। जसमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थन रहेपछि उनी मुख्यमन्त्री बनेका हुन्।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement