सुर्खेत– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजेको बताएका छन् ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको आरोप लगाएका हुन्।
‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। यो लोकतान्त्रिक हुन सक्दैन।’
प्रतिक्रिया