काठमाण्डु– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसमक्ष विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका छन् ।
शनिबार फेसबुकमा लेख्दै महासचिव पोखरेलले बस्तीमा डोजर चलाएर बिस्थापित गरिएका हजारौंलाई पुनः स्थापना गर्न ‘ज्ञ’ क्रान्तिको खाका आवश्यक रहेको बताए ।
उनले लेखेका छन् ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ,’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ? ,’ उनले लेखेका छन्।
उनले अगाडि लेखेका छन् ‘२०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लियो, ११५० भन्दा बढी घाइते भए, झण्डै २५०० घरमा क्षति पुग्यो र हजारौं मानिस घरवारविहीन बने। त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको थियो-यो राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरण थियो।’
उनले बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित रहेको उल्लेख गरेका छन्।’तर आज अवस्था फरक देखिन्छ। सरकारले आफैं सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको छ। बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ। अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पार्छ। उनले लेखेका छन् ।’




प्रतिक्रिया