काठमाण्डु– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका हुन् ।
उनले भने, ‘अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ। चुनावको समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनुपर्दछ भन्ने विषयमा पार्टी पङ्क्तिको भावनाको प्रतिनिधित्व गर्दै पार्टी कार्यकर्ताहरूबाट सुझाव सङ्कलन गर्ने प्रक्रियामा छ । सुझावकै आधारमा निर्णय हुन्छ ।’
पार्टी अहिलेको अवस्थामा नयाँ ढङ्गले अगाडि बढ्नुपर्दछ भन्ने मान्यताको पक्षमा कार्यकर्ताहरु रहेको उनले बताए ।




प्रतिक्रिया