कलेज ड्रेसमा शान्ता चौधरी, भनिन् : झनै प्रिय लाग्न थाले साथी


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले कलेज ड्रेस लगाएर कलेज गएको फोटो अपलोड गरेकी छन् । उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘नयाँ अनुभव बटुल्न थालेको छु । प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरू अधुरा थिए, तिनै सपनाहरू आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement