समाचार

नेकपा सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी दाङमा आयोजित एउटा कार्यक्रममा बेहोस भएकी छन्। मंगलबार विहान दाङको तुलसीपुरमा उच्च सरकारी वकील कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन सकिएलगत्तै सचेतक चौधरी बेहोस भएकी हुन्।

उच्च सरकारी वकील कार्यालयको उद्घाटन महान्यायाधिवक्ता अग्नि खरेलले गरेका थिए, सचेतक चौधरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिइन्। उद्घाटन कार्यक्रममा मन्तव्य ब्यक्त गरेपश्चात बेहोस भएपछि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो।

चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ। उपचारपछि उनी होसमा आएको बताइएको छ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top