नेपालको कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिँदैन : श्रममन्त्री भण्डारी

नेपालको कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिँदैन : श्रममन्त्री भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।

आईतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनै पनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार नदिएको भन्दै सिण्डिकेट गर्न नमिल्ने बताए ।

उनले भने, ‘मैले भनिरहेको छु नेपालको ऐन र कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिँदैन । नेपालको मन्त्रालयले कुनै पनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार दिँदैन । वैदेशिक रोजगारमा काम गर्ने व्यवसायीहरूले नेपाल सरकारको अनुमति प्राप्त गरेपछि वैदेशिक रोजगारमा संसारभर जुनसुकै मुलुक काम गर्न पाउँछन् ।’

उनले सिण्डिकेटको नाममा श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खर्बाैं रुपैयाँ खाएको भन्दै अफवाह फैलाएको बताए । वैदेशिक रोजगारमा सुधारका काम गर्दा यथास्थितिमा फाइदा उठाउन खोज्नेहरूको चित्त नबुझेको पनि उनले बताए ।

‘हामी धेरै कुरामा सुधार गरिरहेका छौं तर यथास्थितिमा फाइदा उठाउने तत्वहरूलाई चित्त बुझिरहेको छैन । उनीहरू नानाथरी कुरा गर्दै हिँडिरहेका छन् । मलेसियामा सिण्डिकेट गरिएको छ, श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खर्बाैं रुपैयाँ खाएका छन् भनेर लेखिरहेको छ । म चोकमा खण्डन गर्दिनँ । नेपाल र मलेसियाको बीचमा नियमावली सम्झौता नवीकरण हुन बाँकी छ । २ पक्षीय सम्झौताबीच कारोबार हुन्छ । हामी मलेसियाको डेलिगेसन कुरेर बसिरहेका छौं,’ उनले भने ।