नेप्से परिसूचक १९.५६ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार १९ दशमलव ५६ अंकले घटेको छ ।

शेयर बजार घटेर १ हजार ९७२ दशमलव १४ विन्दुमा झरेको छ ।

बिहीबार सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन बिहीबार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने झण्डै ८ प्रतिशतले बढेको छ ।

बिहीबार ५३ लाख ४४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement