नेप्से परिसूचक ०.०७ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज सोमबार ०.०७ अंकले बढेको छ ।

नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार ९८०.३४ बिन्दुमा पुगेको छ ।

नेप्सेमा कूल ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९५ करोड ९४ लाखमाथिको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५५२ रुपैयाँ ७० पैसा बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement