नेप्से परिसूचक २.०६ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९६० विन्दुमा कायम भएको छ ।

मंगलबार सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

हिमालयन लघुवित्तको ५ करोड १७ लाख ९८ हजार रुपैयाँ, हिमालयन रि–इन्स्योरेन्सको ४ करोड ३० लाख १६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख ६ हजार रुपैयाँको कारोबार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement