नेप्से परिसूचक ५.६३ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार ५.६३ अंकले बढेको छ ।

बिहीबार बढेर नेप्से परिसूचक १ हजार ९६६.२३ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा सकारात्मक प्रभाव परेको छ । विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह बढेका छन् ।

बिहीबार ७० लाख ५८ हजार ३९९ कित्ता शेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ । ११५ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स रहेको छ । फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फस्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाखको शेयर कारोबार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement