काठमाण्डु– २ दिन उकालो लागेको सेयर बजार मंगलबार भने ओरालो लागेको छ । आज नेप्से ११ अंकले घटेको छ । ०.४० प्रतिशतले बजार ओरालो लाग्दा परिसुचक २७४८ मा पुगेर रोकियो ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा यस दिन १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुदा ७ अर्ब ८५ करोडको कारोबार भयो ।
कारोबारमा आएका १५७ कमपनिको सेयर मूल्य ओरालो लागेको छ भने ८० कम्पनिको मूल्य बढेको छ । यस्तै ७ कम्पनिको मूल्य स्थिर रह्यो ।
कारोबारका आधारमा गुडविल फाइनान्स अगाडि रह्यो । यस दिन उक्त कमपनिको २९ करोडको कारोबार भयो । बेस्ट फाइनान्सको २९ करोड २५ लाख, आँखुखोला जलविद्युत् कम्पनी २५ करोड ५९ लाख र जानकी फाइनान्सको २० करोडको सेयर कारोबार भएको छ।
गुराँस लघुवित्त र मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यसबाहेक बेस्ट फाइनान्सको ९.९९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशत र समृद्धि फाइनान्सको ९.६१ प्रतिशतले सेयर बढेको छ।
तर गुडविल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, माछापुच्छ्रे बैंक, अपर हेवाखोलालगायतको सेयरमा भने गिरावट आएको छ।
प्रतिक्रिया