ओरालो लाग्यो सेयर बजार, ९ अर्ब ९० करोडको कारोबार

ओरालो लाग्यो सेयर बजार, ९ अर्ब ९० करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से १३ अंकले घटेर परिसूचक २६६४ अंकमा कायम भएको छ ।

यसदिन २ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोडको कारोबार भयो ।

आज ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो ।

कारोबारका आधारमा आज राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर अगाडि रहेका छन् ।

आज पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत बढ्यो भने सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशतले घट्यो ।

उसदिन हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशत बढ्यो ।

बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७,फाइनान्स १.३१, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटे ।