दोहोरो अंकले घट्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा बजार बन्द भयो । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेर ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो । यसअघि शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

सोमबार बजारमा ३ सय ४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार ३ सय ७० कित्ता सेयर किनबेच भए । ६५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनी स्थिर रहे । चार कम्पनीमा सकारात्मक सर्किट लाग्यो ।

सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको सेयर मूल्य १५ प्रतिशत तथा पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा डाेल्टी पावर रह्यो । एनसेल ५.३५ प्रतिशतले घट्दै ४२५ रुपैयाँमा झर्‍यो भने एनआइसी एसिया ग्रोथ फण्ड २ को मूल्य ५.०३ प्रतिशतले घटेर ९ रुपैयाँ ४४ पैसामा आयो ।

कारोबारमा होटल फरेस्ट इन शीर्षमा रह्यो । जसको ३६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भयो । २९ करोड ८१ लाख रुपैयाँ कारोबारसहित दोस्रोमा सोलु हाइड्रोपावर रह्यो ।

१३ समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको सेयर मात्र १.०१ प्रतिशतले बढ्यो । बाँकी सबै समूह घट्दा समग्र बजारमा दबाब देखियो ।