झिनो अंकले घट्यो सेयर बजार, पैने ८ अर्बको कारोबार

झिनो अंकले घट्यो सेयर बजार, पैने ८ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजारमा झिनो अंकको करेक्सन आएको छ । यसदिन नेप्से ३ अंकले घटेर परिसुचक २८०४ अंकमा झरेको छ ।

यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ७७ करोडको भएकोमा आज ७ अर्ब ८१ करोडको कारोबार भयो ।

कारोबारमा आएका १२१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १० को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर अगाडि रहे ।

यसदिन पाल्पा सिमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर र झापा इनर्जिको मूल्य १४ प्रतिशत बढ्यो ।